‘उपसभामुखले राजीनामा नदिइ नेकपाले सभामुख पाउँदैन’

माघ १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखले राजीनामा दिनैपर्ने बताएका छन् ।   

कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रमका लागि बुधबार गोरखा सदरमुकामा पुगेका प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।   

नेकपाले सभामुखमा उम्मेदवारी दिन उपसभामुखले राजीनामा दिनैपर्ने उनको भनाइ छ । नेपालको संविधान अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नमिल्ने उनले प्रष्ट्याए ।   

Image result for नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ"

उनले भने, ‘नेकपा बहुमतको पार्टी हो । सभामुख पद हासिल गर्न खोज्नु स्वभाविक छ । पार्टीबाट सभामुख पाउन उपसभामुखले राजीनामा दिनैपर्छ । अहिलेको उपसभामुख कानूनको विद्यार्थी पनि हुनुहुन्छ । संविधानको मर्म बुझेर राजीनामा दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’ 

सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा डिल्लीबजार कारागारमा छन् । रिक्त सभामुख पदका निर्वाचन प्रक्रिया सुचारु नहुँदा संसद सुरु हुन सकेको छैन ।   

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने नेकपाको सचिवालय बैठकले निर्णय गरिसकेको छ । यद्यपी शिवमायाले भने राजीनामा दिन अस्वीकार गरिरहेकी छिन् । पार्टीले सभामुखका लागि उम्मेदवार चयन गरेपछि मात्रै राजीनामा दिने उपसभामुखको अडान छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =