बिना निष्कर्ष टुंगियो नेकपाकाे सचिवालय बैठक

पुस १७, काठमाडौँ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । 

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयनका लागि बसेको नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको हो ।   

बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ ।  

Image result for नेकपा सचिवालय बैठक

आजको बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =