सभामुख उम्मेदवारमा कांग्रेसबाट पुष्पा भुषालको नाम सिफारिस

माघ ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुख पदमा आफ्नो उम्मेदवारको घोषणा पछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सभामुख निर्वाचनमा आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ। 

सोमबार बस्ने संसद बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरू गर्ने भएपछि कांग्रेसले आफ्ना तर्फबाट सांसद पुष्पा भुषाललाई उम्मेदवारको घोषण गरको हो ।   

नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने सचिवालय बैठकबाट निर्णयपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा भुषाल उठाउने गृहकार्य सुरू गरेको हो । 

Image result for पुष्पा भुषाल

नेकपाले व्यक्ति हत्याका आरोपीका रूपमा सर्वोच्चमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेको बताइएको छ । हो । केन्द्रीय सदस्यसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी सचेतक हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =