प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नयाँ वर्षको शुभकामना
२०७६ पुस १६ गते

पुष १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्ष २०२० को शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरि शुभकमना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको जानकारी दिएका छन् । बुधबारदेखि अंग्रेजी पात्रो अनुसारको नयाँ वर्ष सुरु भएको छ । यस्तै बुधबारदेखि नै नेपाल भ्रमण वर्ष पनि सुरु हुँदैछ ।
सो सन्दर्भमा ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।
२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








