आस्था राउत चार दिन हिरासतमा बस्नु पर्ने
२०७६ माघ १३ गते

माघ १३, काठमाडौं । अभद्र व्यवहारको आरोप खेपेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
अनुसन्धानका लागि भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।
माघ १ गते त्रिभुवन विमानस्थलमा गायिक राउतको प्रहरी जवान रमिता श्रेष्ठसंग भनाभन भएको थियो । जवान श्रेष्ठले आस्थाविरद्ध अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासनमर्फत जाहेरी दिएकी थिइन् ।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।
२०७६ माघ १३ गते
प्रतिक्रिया








