संसद र सर्वाेच्चमा अग्नि सापकोटाको बहस !

माघ १२, काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिएका सत्तारुढदल नेपाल कम्युष्टि पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटको आइतबार सुनुवाई हुँदैछ । सापकोटोविरुद्ध परेको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको छ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार दुईवटा एकल इजलाश गठन गरेका छन्। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको एकल इजलाश रहेको छ।
सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका थिए । सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर रिट सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।

यसैबीच सभामुखको निर्वाचन पनि आजै रहेको छ। विपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएकाले एकल उम्मेदवार रहेका सापकोटा सर्वसम्वत हुने निश्चित छ।








