नेकपाभित्र सभामुख बारे कुरा मिलेन, संसद बैठक स्थगित
२०७६ पुस २७ गते

पुष २७, काठमाडौं । आइतबारका लागि तय भएको प्रतिनिध सभा बैठक स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख बारे कुरा नमिलेपछि पुष ४ गते पछि देखि स्थगित हुँदै आएको संसद बैठक आज पनि नबस्ने भएको हो ।
सभामुखको टुङ्गो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।
तर, कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् ।
२०७६ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








