१८० जना यात्रु सवार युक्रेनियन विमान दुर्घटना

पुस २३, काठमाडौं । इरानको तेहरान नजिकै आज (बुधबार) युक्रेनी विमान दुर्घटना भएको छ ।   

टेकअफको केही समयभित्रै बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित करिब १ सय ८० जना यात्रु रहेको अनुमान छ ।   

इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ केही बेरअघि दुर्घटना भएको स्थानीय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । 

क्षति तथा घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *