‘एमसीसी’ अमेरिकी सैन्य रणनीति होइन : सरकारका प्रवक्ता

माघ १६, काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अमेरिकी सैन्य रणनीति नभएको बताएका छन् ।   

नियमित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले यो बालहठको पछि लाग्न नहुने बताए ।   

उनले एमसीसी नेकपाको केन्द्रीय समितिको बैठकमा पास हुने दाबी गरे । मन्त्री बास्कोटाले नेपालको हितलाई ध्यानमा राखेर बैदेशिक सहयोग लिने पक्षमा सरकार रहेको पनि जानकारी दिए ।   

उनले यसअघि पनि चीन  भारतसँग अनुदान लिएको उल्लेख गर्दै अमेरिकासँग पनि अनुदान लिन सकिने बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =