प्रदेश १ मा मुख्यमन्त्री राईद्वारा चार राज्यमन्त्री नियुक्त

माघ ५, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले चार राज्यमन्त्री नियुक्त गरेका छन् ।   

उनले आईतबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास गरी चार जनालाई  राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

उनले राज्यमन्त्रीमा नियुक्त गरेसँगै नवनियुक्त ती राज्यमन्त्रीहरुलाई आजै सपथ ग्रहण समेत गराएका छन् ।   

नवनियुक्त राज्यमन्त्री  गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *