सूचना विधयेकको दफा दफामा छलफल गर्न तयार छौं : गगन थापा

पुष २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको दफा–दफा र शब्द शब्दमा छलफल गर्न तयार भएको बताएका छन्। 

सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार माइतिघर मण्डलामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सञ्चारमन्त्री बास्कोटासँग विधेयकको विषयमा छलफल गर्न आफू तयार रहेको बताए। 

केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गगन थापाले विधेयक नपढेरै बोलेको आरोप लगाएको थिए। त्यसको जवाफमा थापाले भने, ‘नपढिकन आएको होइन। पढेर बुझेर आएको हो। हेप्ने हामीलाई। नपढिकन आयो भन्ने? हामीले बुझेर आएको हो। पढेर आएको हो।’ 

सरकारले आफ्नो विरोध गर्नेहरुलाई  तह लगाउन विधेयक ल्याउन खोजेको थापाको आरोप छ। उनले भने , ‘याद गर्नुहोला, श्री ६ बडामहारानी विद्या भण्डारीकी जय ! श्री ५ महाराजधिराज केपी ओलीकी जय ’ श्री ३ महाराजधिराज प्रचण्ड की जय ’ भन्ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो’ 

प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै नेविसंघले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेके हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *