नायिका केकी अधिकारी अभिनीत भोजपुरी गीत ‘हमनिके भागिया’ सार्वजनिक

काठमाडौँ । भोजपुरी गीत ‘हमनिके भागिया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा रहेको भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको हो ।   

दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन । 

उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित  ‘हमनिके भागिया’को म्युजिक भिडियोलाई आलोक शुक्लाले छायांकन गरेका हुन् । भिडियोमा निर्देशक पुर्णेन्द्रु  झाले निर्देशन गरेका छन् ।  

  

सार्वजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र विजय यादव निर्बिजको शसक्त अभिनय रहेको छ । म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् ।   

सुप्रसिद्ध संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गीत तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् ।  

हेर्नुहोस् भिडियो : 

https://youtu.be/pfYyR2P31jw 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *