आस्थाले भनिन्, ‘सत्य तितो हुन्छ, समाज पनि सुध्रन जरुरी छ’

माघ ३, काठमाडौँ । त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालबाट प्रहरीलाई तुच्छ शब्दमा गाली गरेपछि विवादमा तानिएकी गायिका आस्था राउतको आलोचना भएको छ। बुधबारबिमानस्थलमा भएको घटनाबारे फुटेज सार्वजनिक भएपछि आस्थालाई नियम कानुन नमानेको भन्दै गाली गर्नेको सङ्ख्या धेरै भयो। 

प्रहरी प्रशासनले उनले गल्ती गरेको भए सजाय गर्ने बताएपछि आस्थाले शुक्रबार फेसबुक लाइभमा आएर कुराकानी गरेकी छिन्। ३८ मिनेट लामो भिडियोमा उनले आफूलाई भएको घटना बताउँदै आफूले प्रहरी प्रशासनलाई बोलेको केही शब्दप्रति क्षमाप्रार्थी भएको बताएकी छन्। 

उनले भनेकी छन्, ‘अबको लाइभमा म यस्तो कुरा गर्न चाहन्न। मलाई प्रहरी प्रशासनसँग मन दुख्यो। फ्यान मेरो लागि बोलिदिनुस्। दम्भ मैले देखाएको हैन, देखाउन जरुरी पनि छैन। 

Image result for आस्था राउत

नराम्रो कमेन्ट गर्नेको – आफ्नो सोच्ने क्षमता हो। 

प्रशासन संयमित होस्, तँ तँ र म म नगर्नुस्। मैले सुरु गरेको होइन, झङ्गलेपछि मैले त्यस्तो व्यवहार गरेँ। जस्तो व्यवहार आयो मेरो पनि भडास निस्किएको हो। सत्य बोल्दा सत्य तितो हुन्छ। समाज पनि सुध्रन जरुरी छ।‘ दुई चार शब्द गल्ती बोले, त्यसको लागि क्षमा चाहन्छु । दुई हात जोडेर माफी माग्छु ।’ 

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले भनिन्, ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ । कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *