‘मेरो डान्स र मेरो भ्वाइस कप’ जित्नेलाई कार र १० तोला सुन

पुस १७, काठमाडौँ । अमेरिकामा आयोजना हुन लागेको रियालटी शो  ‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएको छ । बिहिबार काठमाडाैँमा  आयोजक पक्षले एक कार्यक्रमकाे आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । 

 नृत्य र गायनमा रुचि हुने नवप्रतिभाहरुलाई अवसर दिने उद्येश्यले  अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ बाट सुरू  हुन लागेको यस शोको निर्णायकमा  ‘मेरो डान्स कप’मा नायिका केकी अधिकारी र ‘मेरो भ्वाइस कप’मा गायक प्रमोद खरेल रहने भएका छन् ।  

अमेरिकाको बिभिन्न शहरहरुमा अडिशन गरिने यस शोमा  अडिसनबाट छानिएका २० जनाले यस शो मा सहभागी जनाउन पाउनेछन् । दुबै शोको बिजेतालाई कार र १० तोला सुन पुरस्कार दिने बताईएको छ ।   

आयोजक सदस्य नायिका रीमा विश्वकर्माका अनुसार यस शो मा दोश्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक पुरस्कार पाउनेछन् भने तेश्रो हुनेले सिल्भर कप र पुरस्कार पाउने छन् ।   

सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्त लगायत कलाकार  शो को उद्घाटन कार्यक्रममा अतिथि रहनेछन् । यस  दुबै शो को फाइनल भने अगष्टमा हुने बताईएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *