सभापति देउवालाई सुझाव: गुटको हैन, सिंगो पार्टीको नेता बन्नुस्
मोरङ । कांग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले कांग्रेसको केन्द्रिय नेतृत्वले एकलौटी काम गरेर बिभाजन निम्त्याएको आरोप लगाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता संग्रौलाले यस्तो बताएका हुन् ।
पार्टी सभापति देउवाले अहिलेको परिस्थितीलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउँन सभापति देउवालाई सझाव दिए । ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिंगो पार्टीको नेता बन्नुपर्छ ।’ संगौलाले भने ।
फरक प्रसंगमा उनले कांग्रेसको इतिहासमा कोइराला परिवारको योगदान चर्चा गर्दै कोईरालाहरु बिना कांग्रेस बाच्न सक्दैन भन्ने धारणा जनमानसमा रहेको दावी गरे । यसअघि कोईराला परिवारले कांग्रेस र मुलुककै नेतृत्व गरेर मुलुकको परिवर्तनमा गति दिएको भन्दै उनले अव कोइराला परिवारको उत्तराधिकारीका रुपमा डा.शेखर कोइराला उदाएको धारणा राखे ।
अहिले पार्टी आन्तरिक समस्यामा रुमलिएर ओझेल परेकोले अव कोईरालाकै नेतृत्वमा कांग्रेसले गति लिनसक्ने नेता संंग्रौलाको भनाई छ ।
https://youtu.be/iKeKxmUH1KQ