एमसीसीविरुद्ध हस्ताक्षर अभियान धरानमा पनि
माघ १२, धरान । नेपालका लागी नेपाली अभियानका अभियन्ताहरुले आइतबारदेखि देशका ६० जिल्लामा एमसीसीविरुद्ध हस्ताक्षर अभियान चलाएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कतिपय प्रावधान असङ्गत रहेको र यो संशोधन गरी अनुदान गर्ने कि नगर्ने भन्ने बिषयमा नेकपामा चर्को बहस चलिरहेकै बेला अभियान्ताहरुले हस्ताक्ष संकलन गर्न लागेका हुन् ।
अभियान झापा, मोरङ, सुनसरी, ईलाम, संखुवासभा, पर्वत, बागलुङ, धादिङ लगायतका जिल्लाहरुमा जारी छ । सोही क्रममा सुनसरीको धरानमा पनि हस्ताक्षर अभियान सुरु गरिएको छ ।
अभियानले भ्रष्टचारको अन्त्य, राजनैतिक सुद्धिकरण र राष्ट्रियता संरक्षण मुख्य एजेण्डा राख्दै सो अभियान चलाएको जनाएको छ । स्वतन्त्र अभियानकर्मी सरोज चौलागाई र लिलाराज गौतमले नेतृत्वमा धरानको भानुचौकमा एमसीसी तथा जनविरोधी सूचना प्रविधि विधेयक विरुद्ध सेतो कपडा टागी हस्ताक्षर अभियान सुरु गरेको हुन् ।