वरिष्ठ नेता रामचन्द्र पाैडेल भन्छन्-‘देउवाले पार्टी धरापमा पारे’

पुस १९, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरवहादुर देउवाको कारण पार्टी धरापमा परेको भन्दै चर्को आलोचना गरेका छन् । 

चितवनमा नेपाली कांग्र्रेस रत्ननगर नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै नेता पौडेलले सभापति देउवा विरुद्ध खुलेर आलोचना मात्रै गरेनन् पार्टी नै धरापमा पारेको आरोप नै लगाए ।   

सभापतिका कारण पार्टी धरापमा परेको भन्दै वरिष्ठ नेता देउवाले भने–‘व्यक्तीगत स्वार्थमा लागे लाग्नुस, हामी पनि हात उठाउँछौं ।’ पार्टी सभापतिले कमजोरी ढाकछोप गर्न मात्र गर्न खोजेको उनले आरोप लगाए । पार्टीलाई रोगमुक्त बनाउन ९ वुँदे सुझाव पेश गरेकोमा त्यसलाई सभापतिले वेवास्ता गरेको पौडेलको भनाई थियो । महाधिवेशनको मिति एक वर्ष पर धकेलेर पार्टी भित्र एकलौटी गर्न खोजेको पनि उनले बताए ।   

चितवन आएर पहिलो पटक पार्टी भित्रको व्यथा सुनाएको भन्दै पौडेलले आगामी चुनाव जित्ने गरि एकजुट हुनु पर्नेमा जोड दिए । कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरि नेतृत्व लाग्नु पर्ने बताए । 

कांग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्धय डिना उपाध्याय, कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पुर्व नगर सभापति ४ जनालाई सम्मान गरिएको थियो । शिक्षा तर्फ गोपाल शर्मा, सामाजिक क्षेत्र तर्फ निरकला शर्मा, कृषि तर्फ परशुराम तिवारी, प्रसाशक तर्फ राधा बालिका, एकल महिला अम्वा कुमारी कुँवर, व्यवसायी तर्फ अनिलकृष्ण श्रेष्ठ, विचार समाज तर्फ सुरेशचन्द्र आचार्य, धर्म संरक्षण तर्फ जगदिश चन्द्र शर्मालाई सम्मान गरिएको थियो ।   

त्यसैगरी पत्रकारिता तर्फ अनिता अर्याल, विपद व्यवस्थापन तर्फ मनवहादुर थापा, द्धन्द्ध प्रभावित तर्फ उत्तम देवकोटा, रत्ननगर ११ का पार्टी सभापति सीतु अधिकारी तथा पार्टी नगर सभापतिहरु महेश रौनियार, समर बहादुर मल्ल, खडानन्द पौडेललाई सम्मान गरिएको थियो । पुर्व सभापति स्वर्गिय नन्दलाल पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *