पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाईप फिटिङ्गस्
मकालु खबर
२०७६ पुस २५ गते
पुस २५, काठमाडौं । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको पञ्चकन्या ग्रुपले नेपालमै पहिलो पटक सीपीभीसीको नयाँ ग्रेडको फे्लेम प्रो पाईप तथा फिटिङ्गस् नेपाल भित्र्याएको छ ।
आज (शुक्रबार) राजधानीमा एक कार्यक्रमको आयोजना गरी पञ्चकन्या ग्रुपले उक्त ग्रेडको पाईपको आधिकारिक अनावरण गरेको हो ।
आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरु भएको उक्त पाईप वातावरण अनुकुल, तुलनात्मक रुपले किफायती र सस्तो हुने कम्पनीले जनाएको छ ।
उक्त पाईप निर्माणमा विश्व प्रसिद्ध जापानिज SEKISUI कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र ISO 9001: 20015 स्ट्याण्डर्डबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिक्ने कम्पनीको दाबी छ ।
मकालु खबर
२०७६ पुस २५ गते
प्रतिक्रिया