सौगात र श्रृष्टीको यस्तो लुक्स
माघ २, काठमाडौँ । सेरोगेसीको कथालाई समेटर निर्माण हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को छायांकन सुरु भएको छ ।
बुधबार झापाको बिर्तामोडमा माघे संक्रान्तिको अवसर पारेर केक काटेर चलचित्रको शुभारम्भ गरिएको हो ।
चलचित्रको छायाँकनमा चलचित्रको मुख्य पात्र सौगात मल्ल र श्रृष्टी श्रेष्ठलाई साधारण लुक्समा थिए । नायक सौगातले कालो कोठेवाला शर्ट लगाएका थिए भने नायिका श्रृष्टीले रातो कुर्थासरवाल, रातो स्वेटर, टिका अनि सिन्दुर पनि लगाएकी थिईन् । यी दुईको लुक्स हेरेर लाग्छ की चलचित्रमा यी दुई जाेडी श्रीमान् श्रीमतीको भूमिका निर्वाह गर्दैछन् ।
३५ दिनको छायाँकन सेड्युल बोकेको यस चलचित्रको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिने बताईएको छ ।
कमेडी जनरामा बनाईने यस चलत्रिचमा सौगात, सृष्टी अलवा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको भूमिका रहनेछ ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्न लागेका हुन् भने कथा पनि उनैको रहेको छ । चलचित्रमा पटकथा तथा संवाद शैलेश कँडेलको रहेको छ ।
उद्धव पौडेलको प्रस्तुति रहेको यस चलचित्रलाई निरक पौडेलले निर्माण गर्दैछन् । चलचित्रलाई चैत २८ गते रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ ।