पाथिभरा मन्दिरको जग्गा यती समुहलाई सित्तैमा, सभामुखको पहिलो दिन, जता जंगल उतै डोजर

माघ १४, काठमाडौं । आज माघ १४ गते राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले नोवेल कोरोना भाइरसको समाचारलाई स्थान दिएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका एक दर्जन बढि देशहरुमा फैलिनु र तीनमा मात्रै एक साताको दौरानमा ८० जना भन्दा बढि मानिसको मृत्यु हुँदा नेपालले पनि उच्च सर्तकर्ता अपनाएको समाचार आजका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।   

यस वाहेक कान्तिपुर, नागरिक, अन्नपूर्ण, राजधानी दैनिक, नेपाल समाचारपत्र, नयाँ पत्रिका तथा गोरखापत्रले आ–आफ्ना प्रथम पृष्ठमा फरकफरक समाचारलाई मुख्य समाचार बनाएका छन् ।   

आजको कान्तिपुर दैनिकले ‘जता जंगल उतै डोजर’ शिर्षकमा वन विनासको समाचारलाई मुख्य समाचार बनाएको छ । भने, मिडिया काउन्सिलको विधेयकबाट पत्रकार तथा मिडिया हाउसलाई दण्ड जरिवाना हटाइएको अर्को समाचार छ ।   

नागरिक दैनिकले नाकले साहित्य लेख्ने विलक्षण प्रतिभा भएका एक युवाको फिचर स्टोरी प्रकाशित गरेको छ । हुम्लामा मौसमी फ्लुको उपचारमा औषधी र  स्वास्थ्य नभएको समाचार छ । यसका साथै हिजो मात्रै निर्वाचित प्रतिनिधिसभामा सभामुख अग्नि सापकोटाले एक दिन केके गरे भन्ने अर्को समाचार छ ।   

अन्नपूर्ण पोस्टले बहुचर्तित एमसीसी परियोजनाको समाचार प्रकाशित गरेको छ । ‘एमसीसीमा अमेरिकी अडान, सर्त पालना, अनी सोध भर्ना’ शिर्षकमा मुख्य समाचार छ । यसैगरी कांग्रेस महाधिवेशनको कार्यतालिकामा हेरफेर गरीएको समाचार पनि छ ।   

नयाँ पत्रिकाले भने ताप्लेजुङ स्थित चर्तित पाथिभरा देवीको जग्गा समेत निजी क्षेत्रलाई भाडामा दिइएको समाचार प्रकाशित गरेको छ । ‘पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई’ शिर्षकमा प्रकाशित समाचार अनुसार केपी ओली ०५१ मा गृहमन्त्री हुँदा पिए बनेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष छन । यती समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक पनि उनै बरुवाल हुन । केबलकार चलाउन सो कम्पनीले सरकारको ३१७ रोपनी जग्गा ८० वर्षका लागि सित्तैमा लिएको छ । 

आजको राजधानी दैनिकले भने १३ लाख ३३ हजार वर्गमिटर अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सरकार आक्रमक रुपमा लागेको समाचार छ ।  

हेर्नुहोस आजका पत्रपत्रिका  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *