आज आइतवार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफल

पुस २०, काठमाडौं । तपाईँको आजको राशिफल 

मेष 

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । 

null

वृष 

स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला । 

मिथुन 

अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । 

कर्कट 

मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । 

सिंह 

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ । 

कन्या 

व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला । 

तुला 

मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ । 

वृश्चिक 

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ । 

धनु 

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । 

मकर 

कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । 

कुम्भ 

विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ । 

मीन 

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ ।-  ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *