अक्षय कुमार दशककै सफल हिरो

पुस १७, काठमाडौं । सन् २०२० शुरु भएसँगै २१ औं सताब्दीको दोस्रो दशक सकिएको छ । 

बलिउडको एक व्यापार विश्लेषण गर्ने साइट कोइमोइले अक्षय कुमार दशककै सबभन्दा सफल हिरोका रुपमा देखाएको छ । 

गएको दशकभरी प्रदर्शनमा आएका फिल्मको कमाइको हिसाब गर्दा अक्षय कुमारले अभिनय गरेका फिल्मको कमाइ सबभन्दा बढी भएको हो। यो दस वर्षमा आएका अक्षयका ३२ वटा फिल्मले कूल ३ हजार १ सय १८ करोडको व्यापार गरे । 

१० वर्षमा ३ हजार करोडभन्दा बढीको व्यापार गर्ने हिरो पनि अक्षय कुमार मात्रै हुन्। उनको एउटा फिल्मले औषतमा ९७ करोड ४५ लाख कमाइ गरेकाे छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *