बेल्जियमकी राजकुमारी एस्ट्रिडको भरतपुरमा स्वागत

माघ ८, चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड भरतपुर आइपुगेकी छन् । चितवन र नवलपुरको भ्रमणमा आएकी उनलाई भरतपुर महानगरले विमानस्थलमा पञ्चेबाजा सहित स्वागत गरेको छ ।  

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहाले उनलाई स्वागत गरेका थिए । नेपालमा भएको स्वागतले आफुलाई खुसी लागेको राजकुमारीले प्रतिकृया दिइन् । 

श्रीमान् सहित आएकी उनी दुई दिनसम्म चितवन राष्ट्रिय निकुन्ज घुम्ने छिन् । उनी एकहप्ता लामो भ्रमणका क्रममा नेपाल आएकी हुन् । सरकारले यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने र सहकार्य थप बिस्तार हुने आशा राखेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =