आफु कुनैपनि अनुचित आग्रहबाट प्रेरित नभएको शिवमायाको भनाई

माघ ६, काठमाडौं । शिवमाया तुम्बाहाङ्फेले आफुले दलसामु राखेका कुनै पनि धारण अश्वभाविक महोत्वकाङ्क्षा र अनुचित आग्रहबाट प्रेरित नभएको बताएकी छिन् ।   

उनका धारणाहरुमाथी आएका प्रतिक्रियालाई आफुले नजिकबाट नियालेको बताउँदै उनले समयले यसबारे वस्तु निष्ठ मुल्याङ्कन गर्ने अपेक्षा गरेकी छिन् ।   

उनले  लोकतन्त्र र खुला समाजमा गरिने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहने भन्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भइरहेको बताइन् । उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन् ।   

उनले आफु दलभन्दा पर रहेर संबैधानिक नियम कानुमा रहेर जिम्मेवारी निर्वाह गरेको बताउँदै शिवमायाले तर कसैले पनि आफ्ना जरा र धरातल विर्सन नहुने बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *