५ नम्बर प्रदेशसभा विपक्षी नेता शर्माको निधन

माघ ६, काठमाडौँ । सोमबार दिउँसो  प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । 

क्यान्सर रोगबाट पीडित  पोखरेलको ८२ वर्षीयको उमेरमा आज पौने दुई बजे आफ्नै निवास  रुपन्देहीको तिलोत्तमा -१४ खैरियामा निधन भएको हो ।   

पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएपछी काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो । त्यसपछि विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए । 

१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए । २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *