नायिका ऋचालाई बिवाह लगत्तै मातृशोक
पुस २०, काठमाडौं । भर्खरै बैवाहिक बन्धनमा बाँधिएकी नायिका ऋचा शर्माकी आमाको निधन भएको छ । पुस १८ गते शुक्रबार साँझ उनकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा निधन भएको हो ।
नायिका ऋचाले केही हप्ता अघि मात्रै प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् । उनको विवाहको समयमा पनि उनकी आमा बिरामी थिइन् ।
ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल तथा उद्घोषक समेत हुन् । उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन् ।
उनी नेपाली चलचित्र फस्ट लभ (२०१०) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्।
सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।
त्यस्तै सन् २०१२ मा चलचित्र भिसा गर्लमा समेत उनले काम गरेकी थिइन् । सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र ‘टलकजङ भर्सेस टुल्के’ मा पनि काम गरेकी थिइन्।