कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पुस १७, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १३औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. २,५४,०१,९५,३५२ को ६.८ प्रतिशतका दरले हुनआउने रकम रु. १७,२७,३३,२८४ नगद लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।   

साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए ।   

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।   

साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *