भगवती चौधरी जब शितलहरबाट आक्रान्त जनताका घरदैलोमा न्यानाे कपडा बोकेर गइन

पुस २६, काठमाडौं । तराईमा यतिबेला शितलहरले जनजिवन प्रभावित छ । कमजोर आर्थिक अवस्था भएका, गरिबीको चपेटामुनी रहेका तथा निम्न वर्गलाई पुस माघको जाडो कटाउन धौधौ भइरहेको अवस्थामा पूर्वराज्यमन्त्री भगवती चौधरीले न्यानो कपडा वितरण गर्न पुगेपछि स्थानीय हर्षित मात्र भएनन् । राहतकाे अनुभुत पनि गरे ।   

सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत नेतृ चौधरीले सुनसरीको बर्जु, गढी र दुहबीका निम्नस्तर भएका समुदायलाई न्यानो कपडा वितरण गरेकी हुन् । उनी न्यानाे कपडा लिएर घरदैलाेमै आएको देखेपछि अति विपन्न वर्गका परिवारमा खुसीयाली छाएको थियो । गरिबीको चपेटामा पिल्सिएका मुसहर बस्तीमा त चौधरीलाई बालबालिका देखि बृद्धबृद्धाले समेत घेरा नै हाले । युवाहरु भने उनीसँग फोटो खिचाउन ब्यस्त भए ।  

नेतृ चौधरीले बिहिबार, शुक्रबार दुई दिन लगाएर आफ्ना क्षेत्रका जनताका पिरमर्का समेत सुन्दै आर्थिक रुपले कमजोर समुदायलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरेकी हुन् ।   

उनले बर्जु गाउँपालिका वडा नं. ३, ५, ६ का जनतालाई जाडोबाट बच्न ब्ल्याङकेट वितरण गरेकि छन् । भने, गढी ३ औराबनीको मुसहर बस्तीमा समेत ब्ल्याङकेट वितरण गरेकी छिन् । यसैगरी नेतृ चौधरीले सुनसरी दुहवी नगरपालिका ७ स्थित मुसहर बस्तीमा पनि न्यानो कपडा वितरण गरेकी छिन् । 

सुनसरी क्षेत्र नं. ३ कै गरिब बस्तीमा गनिने उक्त क्षेत्रहरुमा नेतृ चौधरी राहत लिएर उपस्थित हुँदा उक्त क्षेत्रका महिला, बालबालिका मात्र नभएर बृद्धबृद्धा समेत खुसी र कृतज्ञ भएका थिए । स्थानीय बृद्दबृद्धाहरूले आफ्नै छोरीबेटी ठानेर आशिर्वाद समेत दिए । 

जबजब नेतृ चौधरी आफ्ना स्थानीय जनताका घरदैलो पुग्छिन केहि न केहि दिइरहन्छिन् । केहि महिना अघि मात्र चौधरीले आफ्नै घरमा बोलाएर सुनसरीका करिब सातसय एकल महिलालाई सम्मान समेत गरेकि थिइन् । 

आङमा एकसरो बाक्लो लुगा समेत नपाएर जाडोमा कठ्यांग्रिदै दिन विताएर मुसहर समुदायले चौधरी मार्फत न्यानो ब्ल्याङकेट पाएपछि नेतृ चौधरीलाई धन्यवाद पनि दिए । वर्षौंदेखि राज्यले प्रदान गर्ने आधारभूत सेवा सुविधाबाट समेत बञ्चित बर्जु र गढी गाउँपालिकाका निम्नस्तरका समुदायमा लाउन खान समेत धौधौ रहेको छ ।   

अर्काको जग्गाजमिनमा जनीवनी गरी खेती किसानी गरी जिवन यापन गर्ने यहाँका समुदायलाई तराईको शितलहरबाट बच्न थोरै भएपनि राहत होस भनेर ब्ल्याङकेट वितरण गरेको चौधरीले बताइन् । ‘यो क्षेत्र राज्यको आधारभूत विकासबाट समेत बञ्चित छ । यहाँबाट राज्यका विभिन्न निकायमा प्रतिनिधित्व गर्नेले समेत उल्लेखनीय कार्यक्रम ल्याएका छैनन् । गरिबीको रेखामुनी रहेका, सधैं अरुको घर र जग्गाजमिनमा जनीवनी गरेर जिविकोपार्जन गर्नेलाई आत्मनिर्भरता तर्फ डोर्याउने कार्यक्रम ल्याउन जरुरी छ ।’ चौधरी भन्छिन् ।   

चुनाबका बेला अनेक प्रतिबद्धता सुनाउन घरघर पुग्ने नेताहरु सत्तामा पुगेपछि आफ्नै घर अगाडीका जनतालाई नचिन्ने पुरानो रोगको शिकार सुनसरी क्षेत्र नं. ३ लेपनि भोगिरहेको छ । चार दशकदेखि सत्ता र नेपाली राजनीतिमा प्रभुत्व जमाएका यहाँका प्रतिनिधिसभाका सांसदलाई वर्षेनी शितलहरले आफ्नै मतदाता कठ्यांग्रिइरहेको थाहै छैन ।   

यस्तोमा सामाजिक तथा महिला केन्द्रित कार्यक्रम चलाउँदै स्थानीय जनताका घरदैलोमा ब्ल्याङकेट नै बोकेर पुगेकी भगवती चौधरीलाई स्थानीयले आफ्ना दुखः सुख समेत साट्ने गरेका छन् ।   

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लि. कि अध्यक्ष समेत रहेकी चौधरीले लघुवित्त कार्यक्रम मार्फत ग्रामिण महिलालाई आर्थिक क्षेत्रमा अगाडी डोर्याइरहेकी छिन् । ग्रामिण महिला उत्सुकता विकास मञ्च मार्फत देशका विभिन्न भागमा आर्थिक, सामाजिक रुपमा पछाडी परेका समुदाय र महिलामा रहेका परम्परागत सीप र कलालाई ब्यवसायीकरण गर्न चौधरीले ठूलो सहयोग पुर्याउँदै आइरहेकी छिन् ।   

सो क्षेत्रमा चौधरीले सञ्चालन गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले लघुउद्यम कार्यक्रम चलाएर केहि हदसम्म गरिबी घटाउन सहयोग गरेपनि पर्याप्त भएको छैन । ‘एउटा संस्थाले काम गर्नु र राज्यनै लागेर गर्नुमा धेरै फरक पर्छ । यहाँका जनताको जिवनस्तर उकास्न राज्यले खासै भूमिका खेलेको छैन ।’ चौधरीको धारणा छ ।  

उनको विचारमा अब स्थानीय सरकारले नै जनतालाई आर्थिक शशक्तिकरणको बाटोमा अग्रसर बनाउन कार्यक्रम ल्याउनु पर्छ । ‘देश संघिय मोडलमा गइसकेको छ । अब केन्द्र सरकार भन्दा स्थानीय सरकार बलियो भएको छ । स्थानीय जनताका आधारभूत आवश्यक्ता के हो ? उनीहरुलाई आर्थिक, शैक्षिक, सामाजिक रुपमा कसरी बलियो बनाउने स्थानीय सरकारले सोच्नुपर्छ ।’ चौधरी भन्छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *