हरिवंश भन्छन्, ‘म त फसेँ माकुरीको जालमा परेर’
मकालु खबर
२०७६ माघ १३ गते
माघ १३, काठमाडौँ । बरिष्ठ कलाकार हरिवंश आचार्यको ‘म त फसेँ माकुरीको जालमा परेर’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएकाे छ ।
गीतको म्यूजिक भिडियो आचार्यले आफ्नै महसञ्चारमार्फत सार्वजनिक गरेका हुन् ।
आचार्य र गायिका टिका प्रसाँइको स्वर रहेको रहेको उक्त म्यूजिक भिडियोमा आचार्य लगायत आरध्या लक्ष्मी खड्गी र टिका प्रसाँइको अभिनय देख्न सकिन्छ ।
गीतमा हरिशरण सायमीको संगीत रहेको छ भने हिरण्य भोजपुरेको शब्द रहेको छ ।
यस गीतको म्यूजिक भिडियोलाई आरध्या लक्ष्मी खड्गीले निर्देशन गरेकी हुन् भने सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेका हुन् ।
पछिल्लो समय गायनलाई पनि निरन्तरता दिईरहेका आचार्यले ‘बुढो हुन मन छैन’ बोलको गीत हिट भएपछि यस गीतलाई सार्वजनिक गरेका हुन् ।
https://youtu.be/DxaN9DYXsJI
मकालु खबर
२०७६ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित