पुलिसलाई हराउँदै न्यु डायमण्ड सेमिफाइनलमा

पुस २५, काठमाडौं । न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।   

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज (शुक्रबार) भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यू डायमण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।   

न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगितामा समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकालेको हो ।   

Image result for भलिबल

आजको खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।   

प्रतियोगिताको विजेता टोलीले ४ लाख १०१ रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख १०१ रुपैयाँ प्राप्त गर्नेछन् ।   

तेस्रो स्थान हासिल गर्ने टोलीले भने १ लाख ५१ हजार १०१ रुपैयाँ र चौँथोले ५१ हजार १०१ रुपैयाँ प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =