बिवादित गायिका आस्थालाई पक्राउ पुर्जी जारी

माघ ५, काठमाडौँ । बिवादित गायिका आस्था राउतलाई पक्राउ पक्राउ पुर्जी जारी गरिएको छ ।
डिउटीमा रहेका बेला आफूलाई दुर्व्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछी उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरिएको हो ।
राउतलाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न प्रहरीलाई अनुमति दिईएको हो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो। बुधबार काठमाडौं भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।
राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन्।








