आज यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पुस १७, काठमाडौं । वि.सं. २०७६ पुस १७। बिहीबार। इ.स. २०२० जनवरी २। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। सप्तमी, १९:१० उप्रान्त अष्टमी। नक्षत्र– उत्तरभाद्रपदा, ३०:०८ बजेउप्रान्त रेवती। योग– वरियान्, २२:१२ बजेउप्रान्त परिघ। करण– वणिज, १९:१० बजेदेखि भद्रा, ३२:१५ बजेउप्रान्त वव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१९ बजे र दिनमान २५ घडी ५ पला। पञ्चक। राष्ट्रिय पोसाक दिवस। 

तपाईँको आजको राशिफल 

मेष 

null

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । 

वृष 

विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । 

मिथुन 

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । लाभदायक यात्रा रहनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहला । 

कर्कट 

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । 

सिंह 

मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला । घर व्यवहारमा झमेला आउलन सक्छ । 

कन्या 

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला । 

तुला 

जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । 

वृश्चिक 

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । 

धनु 

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा समस्या आइलाग्न सक्छ, सचेत रहनुहोला । 

मकर 

श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ । 

कुम्भ 

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ । 

मीन 

महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । –  ज्यो.प. नारायणप्रसाद दुलाल 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =