ज्योति गुमाएकी शिशुलाई जुम्ल्याहाको आर्थिक सहयोग

पुस २८, धरान ।  धरान–५ मा आँखाको ज्योति गुमेका एक शिशुलाई धरानकै एक जुम्ल्याहा दाजुभाईले सहयोग गरेका छन ।   

उनीहरुले नगद ४२ हजार बढी सहयोग गरेका हुन  । उनीहरुले टवीन्स क्लबको सहायतामा ४२ हजार ३ सय ३५ रूपैयाँ प्रदान गरेको हो ।   

धरानका जुम्ल्याहा राम कार्की र लक्ष्मण कार्कीको संयोजकत्वमा सो रकम घरमै पुगेर प्रदान गरिएको हो । रकम प्रदान गर्ने कार्यक्रममा नेहा श्रेष्ठ, अजय दास, जय दासको टोली पुगेको थियो । 

धरान–५ खैरेनीका ३४ वर्षीय दीपेश र २० वर्षीया सपना सार्कीका गत साउनमा जुम्ल्याहा छोरी जन्मिएका थिए ।   

एउटा छोरीको ५ दिनमा मृत्यु भयो भने अर्कीलाई ५८ दिन इनआइसियुमा राखेर बचाएका थिए । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज जोरपाटीको अस्पतालमा ५८ दिन राखेर घर ल्याएपनि एनआइसियुको लाइटले आँखाको ज्योति गुमेको तिलगंगा आँखा अस्पतालले जनाएपछि दीपेशको परिवार समस्यामा परेको छ । 

न्यून आय भएका उनीहरूले ऋण गरेर छोरी बचाएका थिए । तर चाँडै भारतको चेन्नाइस्थित आँखा अस्पतालमा लगे ज्योति फर्कन सक्ने बताएपछि उनीहरूमाथि आर्थिक समस्या परेको थियो ।  सार्की सदम्पतिले अस्पतालमा उपचार गर्न २ लाख ५० हजार लाग्ने बताएको तर आफूसँग पैसा नभएकाले छोरीको आँखाको ज्योति बचाउन सहयोग गर्न उनीहरूले सबैसँग याचना गरेको सामाचार संचार माध्यममा आएको थियो ।   

सोही सामाचार थाहा पाएपछि जुम्ल्याहा कार्की दाजुभाई लगायत देशभरका जुम्ल्याहाहरुको सहयोगले आज यो सहयोग गरिएको राम कार्कीले बताए । यता समस्यामा परेका दीपेशले एनआइसी एशिया बैकमा दीपेश नेपाली सार्कीको नाममा रहेको खाता नं. ८८७०११३२३१५२४०१ मा सहयोग गर्न सबैसंग आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *