सप्तरीमा जिप दुर्घटना हुँदा उपसचिवसहित २ घाइते

माघ १५, सप्तरी । सप्तरीको शम्भुनाथमा मा जिप दुर्घटना हुँदा प्रदेश नं १ सचिवालयका उपसचिव सहित २ जना घाइते भएका छन् ।   

विराटनगरबाट काठमाडौँतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको १–०२–००१झ०७१६ नं.जिप  पूर्वपश्चिम राजमार्गस्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा ना६ख २१७२ नंको ट्रकसँग  ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।   

श्रीमती, छोराछोरीसहित प्रदेश सचिवालयका उपसचिव ९प्रवक्ता० दीपक घिमिरे सवार रहेका उक्त जिप ट्रकसँग ठोक्किँदा उपसचिव घिमिरे सहित उनका ११ वर्षिय छोरा  दीघार्यु घिमिरे घाइते भएका हुन् ।   

Image result for दुर्घटना

दुर्घटनामा सामान्य घाइते भएका उपसचिव घिमिरे र उनका छोरा दीर्घायू स्थानिय स्वास्थ्य केन्द्रमा उपचारपछी थप उपचारको लागि  विराटनगर नै फर्किएका छन् । 

प्रहरीका अनुसार  ट्रकले आफ्नो गति कम गर्दा ट्रकको पछाडि  जिप ठोक्किँन पुगेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =