गर्भवतीलाई अमेरिकी भिसामा कडाई !

माघ १०, काठमाडौं । अमेरिकी सरकारले गर्भवती महिलाको भिसामा कडाई गर्ने भएको छ ।   

आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले गर्भवती महिला अमेरिका जाने र त्यतै बस्ने क्रम बढ्दो थियो । अमेरिकी विदेश मन्त्रालयले शुक्रबारदेखि ‘बर्थ टुरिजम’ लाई रोक्ने निर्णय गरेसँगै अब गर्भवती महिलाले अमेरिको भिसा लिन नपाउने भएका हुन् ।   

अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवतीले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्नेछ ।   

Image result for गर्भवती

साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडा गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ ।   

अमेरिकी राष्टपति डोनाल्ड टम्पले सो सम्बन्धी अमेरिकी नीतिको विगतमा आलोचना गर्दै आएका थिए ।   

सन् २०१७ मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८ सय रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *