बलिउड नायिका मल्लिका शेरावत लुम्बिनीमा

पुस १७, भारत  । बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् । उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् । 

मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन् । 

यसका साथै उनले डिसेम्बर २९ मा लुम्बिनीको तोरीबारीमा दौडिएको स्लो मोसन भिडियो पनि पोष्ट गरेकी छिन् । यसलाई उनले आफ्नो ‘डिडिएलजे मोमेन्ट’ भनेकी छिन् । फिल्म दिलवाले दुल्हनीया ले जाएङ्गेलाई छोटकरीमा डिडिएलजे भनिन्छ । यसमा फिल्मकी नायिका काजोल शाहरुख खानलाई भेट्न तोरीबारीमा दौडिएकी थिइन् । 

Image result for मल्लिका शेरावत

उनले शान्त र आनन्ददायी वातावरणमा उत्कृष्ट योगा गरेर वर्षको पहिलो दिनको सुरुवात गरेको भन्दै भिडियोसमेत सेयर गरेकी छिन् । ४३ वर्षे मल्लिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा लुम्बिनीमा चाँडै नै भ्रमण गर्ने योजना बनाइरहेको बताएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *