यी हुन् १३६ पुरुषलाई शिकार बनाउने ‘खतरनाक बलात्कारी’ !

सांकेतिक तस्विर 

पुस २२, काठमाडौं । बेलायतमा १५९ यौन अपराधमा संलग्न अपराधीहरुको पहिचान सार्वजनिक गरिएको छ ।   

रिनहार्ड नामका एक व्यक्तिको नाम मात्रै १५९ यौन अपराध मध्ये १३६ बलात्कार अपराधमा सामेल थियो । अदालतका अनुसार रिनहार्डले विभिन्न प्रलोभनमा पारेर आफ्नो फ्ल्याटमा लिएर गइ ४८ पुरुषको बलात्कार गरेका थिए ।   

बलात्कार

प्रहरीसँग भएको प्रमाण अनुसार रिनहार्डले १९० पुरुषलाई निशाना बनाएका थिए । ३६ वर्षीय रिनहार्ड पहिले नै दुई अपराधमा जन्मकैदको सजाय भोगिरहेका छन् ।   

बेलायतमा रहेका इन्डोनेशियाका नागरिक रिनहार्ड सनागालाई अदालतले चार फरक–फरक मुद्दामा १३६ बलात्कार, ८ बलात्कार प्रयास र १४ अन्य यौन अपराधमा दोषी ठहर गरेको हो । सनागाले आम पुरुष, जो समलिंगी थिएनन्, उनीहरुलाई निशाना बनाएको अनुसन्धानमा खुलेको छ ।   

बेलायतको पुरै न्यायिक इतिहासमा रिनहार्ड सनागा सबैभन्दा खतरनाक बलात्कारी भएको प्रहरीको भनाइ छ ।   

सोमबार अदालती सुनुवाईका क्रममा जस्टिस सुजैन गोडार्डले भने, ‘रिनहार्ड सनागा एक शैतानी यौन शिकारी हुन् । जसलाई कुनै समयमा पनि रिहा गर्नु खतरनाक हुन सक्छ ।’ 

अदालतले यस मामिलाको रिपोर्टिङमा लगाएको प्रतिबन्ध हटाइएपछि उसलाई सार्वजनिक गरिएको हो ।   

यौन अपराधी रिनहार्ड सनागा 

सनागा नाइट क्लब र बारबाट निस्कने पुरुषहरुको प्रतिक्षा गर्थे र उनीहरुलाई आफ्नो फ्ल्याटमा लिएर जान्थे । उनी आफ्नो शिकारलाई रक्सी र ट्याक्सीकाे व्यवस्था पनि गरिदिन्थे । आफ्नो शिकार बनाउन लागिएको पुरुषलाई बलात्कार गर्नुपूर्व बेहोसीको औषधी दिन्थे । सनागा पीडितलाई बेहोस बनाउन एकदमै खतरनाक र प्रतिबन्धित ड्रग्स प्रयोग गर्थे । बिउँझिएपछि कति पीडित पुरुषलाई आफूलाई के भएको हो भन्ने समेत थाहा हुँदैन थियो ।  

पक्राउ पर्नुअघि उनी युनिभर्सिटी अफ लीड्सबाट पीएचडी गरिरहेका थिए । 

सनागालाई जुन २०१७ मा पक्राउ गरिएको थियो, जब उसको शिकार बन्न लागेको एक व्यक्तिको बलात्कार प्रयासका क्रममा होस आयो । र उसले प्रहरीलाई खबर गर्यो । जब प्रहरीले सनागाको मोबाइल फोन आफ्नो कब्जामा लिएर चेकजाँच गरे तब उनीहरुले सयौँ घण्टाको फुटेज फेला पारे जुन सनागाले बलात्कारका क्रममा बनाएका थिए ।   

सनागाले भने आफू निर्दोष भएको बताउँदै आएका छन् । सबै पुरुषसँग सहमतिमा नै सम्बन्ध राखेको उनको दाबी छ ।   

सनागाले अदालतमा आफ्नो बचाउ गर्दै भने, ‘सबै पुरुषले आफ्नो भिडियो बनाउने क्रममा पनि सहमति जनाएका थिए । वकिलले भने उसको उक्त अभिव्यक्तिलाई विना आधारको तर्क भनेका छन् ।   

सनागालाई सजाय सुनाउने क्रममा अदालतमा केही पीडितहरुको बयान पनि पढिएको थियो । एक पीडितले भनेका थिए, ‘सनागाले मेरो पुरै जिन्दगीको हिस्सा ध्वस्त बनाइदियो ।’ 

अर्का एक पीडितले भनेका छन्, ‘मलाई आशा छ कि ऊ कहिल्यै जेलबाट बाहिर ननिस्कियोस्, नर्कमा सडोस् ।’ 

अर्का पीडितले भनेका छन्, ‘अझै पनि मलाई कयौँ पटक यस्तो हुन्छ  कि म ओछ्यानबाट उठेर दिनको सामना गर्न सक्दिनँ ।’ 

सनागाले शिकार बनाएका पीडितहरु मध्ये धेरैलाई म्यानचेस्टरको ‘सेन्ट मेरी सेक्सुअल असल्ट रेफरल सेन्टर’ परामर्श दिइएको छ । सोही सेन्टरमा काम गर्ने लिजा वाटर्सले भनिन्, ‘अझै पनि कयौँ पुरुषका लागि उक्त घटनाबाट बाहिर निस्कन निकै मुश्किल भइरहेको छ । कयौँ पीडित मानसिक समस्या र आत्महत्याको विचारसँग लडिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *