धनुषामा पत्रकारहरुमाथि कुटपिट भएकोमा महासंघको ध्यानाकर्षण

पुस २३, काठमाडौं । धनुषाका पत्रकारहरुमाथि समाचार संकलनका क्रममा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । 

समाचार संकलनका लागि जनकपुर उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा पुगेका पत्रकारहरुलाई प्रमुख लालकिशोर साहले आफ्ना सहयोगी तथा नगर प्रहरी प्रयोग गरी कुटपिट र दुर्व्यवहार गरेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

विश्व सम्पदा सूचीमा सूचीकरणका लागि सिफारिस भएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मंगलबार प्रमुख साहसँग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाइन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई कुटपिट गर्नुका साथै कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई दुर्व्यवहार गरेका महासंघले जनाएको छ । 

Image result for nepal patrakar mahasangh

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सूचना संकलनका लागि पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुर्व्यहार हुनु प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको ठहर गरेको छ । 

महासंघले घटनाको भर्त्सना गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । भने, पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *