चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक

पुस २१, काठमाडौँ ।  माघ १० गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘कमाण्डर’ को  ट्रेलर सार्वजनीक भएको छ । चलचित्रको  प्रदर्शन मिति तोकिएसँगै ट्रेलर सार्वजनीक भएको हो । 

चलचित्रमा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा लगायत कलाकारको अभिनय रहेको छ ।   

झण्डै तीन मिनेटको उक्त ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा देखाईएको छ ।  

Image result for फिल्म कमाण्डर

 एलआर विबेक सापकोटाद्वारा निर्देशित यस चलचित्र सुपेरियर फिल्मस्को ब्यानरमा तयार पारिएको हो । निर्देशक आफैको  लेखन र निर्माण रहेको यस चलचित्रमा सहनिर्मातामा सावन जंग राना रहेका छन् ।   

https://youtu.be/Yfx5oWgTxu4 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *