टाउकोमा चायाँ परेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्

पुस २३ । स्वभावैले जाडो महिनामा कपालमा बढी चाया पर्छ । जाडोमा टाउकोको छालाका कोष मर्ने र नयाँ पलाउने क्रम चल्ने भएकाले टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । 

सरसफाइमा ध्यान नदिने मानिसमा चायाँ पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चायाँ पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चायाँ पर्छ । 

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चायाँ पर्ने सम्भावना हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चायाँ पर्ने समस्या हुन्छ ।  

Related image

प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । 

जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, तथा कम नुहाउनेको टाउकोमा पनि बढी चायाँ पर्छ। यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाँले सताउँछ । 

उपचार 

– नुहाउनु भन्दा दुइ घण्टा अघि नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गरी नुहाउने गर्नाले चायाँ कम गर्न सकिन्छ । 

– त्यस्तै अत्यन्त चायाँ भएको अवस्थामा नुहाउन केहि अघि तोरीको तेलमा कागतीको रस मिसाएर चाया भएको ठाउँभरी मसाज गर्ने र छाड्ने त्यसको केही बेरमा स्याम्पू गर्नाले पनि चायाबाट छुट्कारा पाउन सकिन्छ । 

– कपाल कोर्न प्रयोग गरिने काइँयो सफा गरिरहनुपर्दछ । 

– चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ स्याम्पुको उचित प्रयोग गर्न सकिन्छ । 

– स्याम्पु छान्दा केटोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त स्याम्पु छान्नुपर्छ । 

– विभिन्न प्रकारका स्याम्पुमध्ये आफूलाई उपयुक्त हुने स्याम्पु छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने स्याम्पु बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । 

– स्याम्पुमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ । 

– स्याम्पु कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ । 

– स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *