देवघाट मेलाका लागि भाडादर कायम


पुस २९, देवघाट। पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे सक्रान्ती मेलाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक व्यवस्थापनसंगै भाडादर कायम गरेको छ ।
देवघाट आउने दर्शनार्थीहरुको अत्याधिक चाप हुने भएकाले उनीहरुको सहजताका लागि भाडादर कायम गर्नुका साथै देवघाट मेला ट्राफिक व्यवस्थापन योजना लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
मेला ट्राफिक व्यवस्थापन योजना अनुरुप देवघाट प्रवेश गर्ने सवारी साधनहरु रामनगर,ठिमुरा र दासढुंगा पुलबाट प्रवेश गर्नु पर्ने , देवघाटबाट वाहिरिने सवारी साधनहरु सिधै आपटारी हुदै निस्कने पर्ने,मालवहाक तथा कृषि प्रयोजनका लागि दर्ता भएका सवारीमा मानिस ओसारपोसारमा रोक लगाईएको छ ।
यस्तै सिट क्षमता भन्दा बढि यात्रु चढाउने सवारी साधनबाट क्षमता भन्दा बढि यात्रु ओराली अर्को सवारीमा पठाईनुका साथै त्यस्ता चालकमाथी कारवाही गरिने ,सवारी आवागमनलाई व्यवस्थित र सहज वनाउन आवश्यकता अनुसार ट्राफिक जनशक्ति परिचालन गरिने ट्राफिक जिल्ला प्रमुख भट्टले वताए ।
तोकिएको भाडादर भन्दा बढि भाडा लिने सवारीबाट यात्रुको भाडा फिर्ता गराउनुका साथै ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार वमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।
जानी राखौ कति कति छ भाडादर
१) देवघाट आपँटारी हुदै पोखरा वसपार्क सम्म २० रुपैया
२)देवघाट आँपटारी हुदै पुलचोक सम्म २५ रुपैया
३) देवघाट आँपटारी हुदै केन्द्रिय वसपार्क सम्म २५ रुपैया
४) केन्द्रिय वसपार्क ,रामनगर हुदै देवघाट सम्म ९ग्रावेल बाटो ५० रुपैया
५) पोखरा वसपार्क रामनगर हुदै देवघाट सम्म ९ग्रावेल बाटो ४० रुपैया
६) पोखरा वसपार्क,रामनगर ,दासढुंगा हुदै देवघापारि सम्म ५० रुपैया
७) पुलचोक,रामनगर ,दासढुंगा हुदै देवघाट पारिसम्म ६० रुपैया
८)पोखरा वसपार्क,रामनगर,ठिमुरा हुदै देवघाट सम्म ९ग्रावेल बाटो ५५ रुपैया
९) केन्द्रिय वसपार्क,रामनगर,ठिमुरा हुदै देवघाट सम्म ९ग्रावेल बाटो ६५ रुपैया
कुनै गुनासो तथा सुझावका लागि सम्र्पक –१०३,०५६–५२४८९९ र ९८५५०९०१००
