अज्ञात समूहद्वारा गुल्मीमा स्मार्टफोन टावरमा आगजनी


माघ १३, गुल्मी । गएराती अज्ञात समूहद्वारा गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीकाका अनुसार रातको करिब ११ बजेको समयमा धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आगजनी भएको हो ।
आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले जानकारी दिएका छन् ।
स्मार्टफोनको टावरमा आगजनी भए पनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि सोमबार बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगी घटनाको थप अनुसन्धान गरेको हो ।
