बसको ठक्करबाट हिमबहादुर तामाङको मृत्यु

२०७६ पुस १९ गते

पुस १९, भक्तपुर । चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा रहेको अस्थायी घरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका बसले ठक्कर दिदाँ सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का हिमबहादुर तामाङको मृत्यु भएको हो ।
बा१ ख ९०९० नम्बरको बसले सडक छेउमा रहेको अस्थायी घरमा ठक्कर दिँदा ३० वर्षका तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२०७६ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित