पोप फ्रान्सिसले महिलालाई पिटेकोमा माफी मागे

पुस १७ ।  पोप फ्रान्सिसले आफूलाई जबर्जस्ती हात समात्ने महिलालाई पिटेकोमा माफी मागेका छन् । ती महिलाले पोपको जबर्जस्ती हात समातेकी थिइन् । महिलाको हातबाट आफ्नो हात छुटाउने क्रममा पोपले ती महिलाको हातमा दुईपटक पिटेका थिए । 

 अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा भएको उक्त घटना सोसल मिडियामा तत्काल भाइरल भएको थियो । उक्त घटनामा फ्रान्सिसले व्यक्तिगत माफी मागेका छन् । 

‘हामीले धेरै पटक आफ्नो धैर्यता गुमाउँछौं,’ फ्रान्सिसले भने । 

‘यसपटक मेरो पनि त्यस्तै भयो । मैले हिजो जुन गलत उदाहरण दिएँ, त्यसको लागि माफी माग्छु,’ क्याथोलिक चर्चका प्रमुखले भने । 

त्यसको भोलिपल्टै, पोपले महिला हिंसा विरुद्ध भाषण दिए । उनले भने, ‘महिलामाथि हिंसा गर्नु भनेको भगवान अपमान गर्नु हो । यदि हामी नयाँ वर्षमा राम्रो संसार चाहन्छौं भने महिलालाई इज्जत गर्नुपर्छ ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *