सुनिताले जन्माइन चम्ल्याहा, सभामुख चयनमा ओली लचक हुँदै, अर्थमन्त्रीलाई नैतिक संकट

माघ ३, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषय समेटेका छन् । कान्तिपुर दैनिक, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, गोरखापत्र, राजधानी दैनिक तथा समाचार पत्रले फरकफरक विषयलाई प्राथमिकता दिएका छन् ।   

आज कान्तिपुरको प्रथम पृष्ठमा ‘सम्पत्ति सुद्धिकरण अनुसन्धान तर्साउने अस्त्र’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरिएको छ । भने, प्रतिनिधि सभाको सभामुख नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली लचक हुने देखिएको समाचार छ । कान्तिपुरकै प्रथम पृष्ठमा जनकराज सापकोटाले राजधानीका सडकमा गीत गाएर जीवन यापन गर्ने फरक क्षमता भएकाहको फिचर पनि छ ।   

आजको अन्नपूर्ण पोस्टले ‘अर्थमन्त्रीलाई नैतिक संकट’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । यसैगरी एमनेस्टी इन्टरनेशनलले नेपालमा अभिब्यक्ति स्वतन्त्रता खुम्चदै गएको समाचार पनि छ । साथमा खराब कर्जा लुकाउन मेगा बैंकको बेइमानी शिर्षकमा अर्को समाचार पनि छ ।   

नयाँ पत्रिकाले भने क्रसर ब्यवसायीहरुको मनपरी फलोअप समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाले ‘जनप्रतिनिधी नै गिटी–बालुवाका ठेकेदार’ शिर्षकमा कभर स्टोरी बनाएको छ । समाचार अनुसार स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई देक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय छन् । 

यस्तै आजको नयाँ पत्रिकाको प्रथम पृष्ठमा नेपालमा प्राणघातक कोरोना भाइरस भेटिएको समाचार पनि छ ।   

नेपाल समाचार पत्रमा सुनिताले चम्ल्याहा सन्तान जन्माएको समाचार छ । साथमा पुनरावेदन नपरेपनि तल्ला अदालतको फैसला उल्टी गर्ने सर्वोच्चको नयाँ नजिरको समाचार छ ।   

मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन नपरे पनि सर्वोच्च अदालतले सफाइ दिने नौलो प्रचलनको शुरुआत गरेको छ ।   

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयाँललको संयुक्त इजलासले मानव बेचबिखन मुद्दामा तल्ला अदालतले १० वर्ष कैद गरेका प्रतिवादी सुर्खेतको राकम गाउँपालिका–६ सेतुटोल बस्ने शोभा वादीलाई सफाइ दिएको हो ।   

दोषी ठहर भएका प्रतिवादीको पुनरावेदन नपरे पनि प्रमाणका आधारमा सफाइ दिएको यो घटना सर्वोच्च अदालत आफैले नौलो र पेचिलो हुन सक्ने उल्लेख गरेको छ । सो मुद्दाको गत साउन ९ गते फैसला गरिएको भए पनि बिहीबार मात्र पूर्ण पाठ तयार भएको हो । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *