सागमा पदक दिलाउने धराने खेलाडीलाई बजार परिक्रमा गरी नगद सहित सम्मान

पुस २१, धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । 

धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा नगद सहित सम्मानीत गरिएको हो । 

सागमा स्वर्ण पदक जित्नेलाई नगद ५० हजार, रजत जित्नेलाई ३५ र कास्य पदक हात पार्नेलाई २५ हजार प्रदान गरिएको छ । प्रदेश–१ बाट पदक विजेता खेलाडीहरुलाई प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएको छ ।   

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई तीन लाख, रजत विजेतालाई दुई लाख र कास्य पदक विजेतालाई एक लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्रीले घोषणा गरे । सागमा धरानकी सिना मादेन, निता गुरुङ, स्वस्तिका तामाङ लगायतका खेलाडीले पदक जितेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =