धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ काे मृत्यु, २५ बढी घाइते

फाेटाे फाइल 

माघ ७, काठमाडौँ । मंगलबार अपरान्ह धादिङमा  ग १ ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ  भने  २५ जनाभन्दा बढी घाइते भएका छन् ।   

धादिङको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा  ट्रक  पल्टिएर  सो दुर्घटना हुन पुगेको हो । 

Related image

प्रहरीका अनुसार सो ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहका थिए ।   

घटनाको बिस्तृत बिबरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *