गायिका आस्था राउतलाई हिरासतमा राख्न म्याद थप्दै प्रहरी

माघ १३, काठमाडौं । अनुशन्धानका लागि भन्दै गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । 

राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।   

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग आस्थाको भनाभन भएको थियो । सोही विषयलाई लिएर आस्थाविरुद्ध जिल्ला प्रशासनमा अभद्र व्यवहार सम्बन्धि उजुरी परेको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् । 

त्यसपछि यो प्रकरण बाहिर आएको थियो । राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । 

सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरिन् । त्यसपछि थप कानूनी प्रक्रिया प्रहरीले अघि बढाइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *