‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’

तस्वीरहरूः मकालु खबर 

पुस १६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्जवलन गरी भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । 

रंगशालामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्याण्डमा राष्ट्रिय गानको धुनसहित उद्घाटन कार्यक्रम सुरु भएको थियो ।   

पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले झाँकी, ब्यानरसहित मार्चपास गरेका थिए । मार्चपासमा आफ्नो जातजातिको पहिरन, संस्थाको ब्यानर, नेपाली बाजागाजा सहितको नेपाली संस्कृति झल्कने गरी प्रस्तुतीहरु गरिएको थियो। बालबालिका तथा स्कुल कलेजका विद्यार्थीहरु, पर्यटन व्यवसायीहरु मार्चपासमा सहभागी थिए। 

उद्घाटन समारोहमा हिन्दु, बौद्ध, किरात, मुस्लिम सहित विभिन्न ७ धर्मका मन्त्रोच्चारण प्रस्तुत गरिएको थियो। कार्यक्रमको शुरुवातमै नायक राजेश हमालले त्यहाँ उपस्थित स्वदेशी तथा विदेशीहरुलाई भ्रमण वर्ष तथा नयाँ वर्षको शुभकामना दिएका थिए । दर्शकदिर्घामा बौद्ध धर्मावलम्बी भिक्षुहरुको उल्लेखनीय सहभागिता रहेकाे थियो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य राखेका थिए । साथै सातै प्रदेशका मुख्यमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरुको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित रहेनन्। 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *