बिजुलीको पोल राख्दा सेवाग्राहीसँग घुस लिने कृष्णसहित २ जना पक्राउ

माघ १०, काठमाडौं । काठमाडौं महानगरपालिका स्थित नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित २ जना पक्राउ परेका छन् ।   

सेवाग्राहीसँग २५ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ज्यालादारीमा कार्यरत कृष्ण र पुरुषोतम दाहाललाई नियन्त्रणमा लिएको हो ।   

कृष्णले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा उनीहरुलाई रकम लिँदै गरेको अवस्थामा कामनपा वडा नं. १४ स्थित गुडफुड तन्दुरी अगाडीबाट रंगेहात नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  

Image result for पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *